कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण, हालसम्म ५ सय ५१ जना डिस्चार्ज

376
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप २६ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार प्रदेश अस्पताल र पशुपन्छि प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमा सल्यानका ४, सुर्खेतका १८, दैलेखका तीन र हुम्लाका एक जना रहेका छन्।

यस्तै कर्णाली प्रदेशमा सोमबार थप २० जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या ५ सय ५१ पुगेको छ ।


  •  
  •  
  •