कोभिड–१९(अपडेट): ५६ लाख ९३ हजार संक्रमित, २३ लाख ५० हजार उपचारपछि निको

111
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५५ हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ५५ हजार ६ सय ८८ पुगेको छ ।
कोरोना संक्रमितको संख्या ५६ लाख ९३ हजार ६६ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ५० हजार ८८ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा हालसम्म सोह्र लाख ९९ हजार ९ सय ३३ जनामा संक्रमण भएको छ । त्यस्तै १ लाख ४ सय ४२ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ९१ हजार ५ सय ८ जना निको भएका छन् ।

ब्राजिलमा ४ लाख ११ हजार ८ सय २१ जना संक्रमित भएका छन् । २५ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ भने एक लाख ६६ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै रसियामा ३ लाख ७० हजार ६ सय ८० जना संक्रमित भएका छन् भने ३ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ । यस्तै १ लाख ४२ हजार २ सय ८ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ६८ हजार ६ सय १९ जना संक्रमित भएका छन् । ३७ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा संक्रमित संख्या २ लाख ३६ हजार २ सय ५९ र मृतक संख्या २७ हजार १ सय १७ पुगेको छ । १ लाख ५० हजार ३ सय ७६ जना उपचारपछि निको भएका छन् ।

इटलीमा २ लाख ३१ हजार १ सय ३९ जना संक्रमित भएका छन् भने ३३ हजार ७२ जनाको मृत्यु भएको छ । १ लाख ४७ हजार १ सय १ जना निको भएका छन् ।


  •  
  •  
  •