काठमाडौं उपत्यकामा थप १ सय ३९ जनामा कोरोना संक्रमण

149
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकामा १३९ जनामा कोरोना भाइरस पुष्टि भएको बताए।

नयाँ संक्रमितमा काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ९ जना रहेका छन् । यसअघि मंगलबार काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •