नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४ हजार नाघ्यो

149
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ ।

प्रदेश अनुसार प्रदेश १ मा ६१४ , प्रदेश २ मा ३ हजार ४५७ , वागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा २४७ , प्रदेश ५ मा ६५७ , कर्णाली प्रदेशमा २२० र सुदूरपश्‍चि प्रदेशमा ८९४ सक्रिय संक्रमितहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म देशभर १४ हजार ८४६ जना क्‍वारेन्टिनमा रहेका छन् । ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लामा पर्सा रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।
यसअघि देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।


  •  
  •  
  •