नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण, ४ सय २५ जना डिस्चार्ज

159
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले ४ सय ६४ संक्रमण पुष्टि भएको बताए । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

यसअघि बुधबार ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । देशभर सक्रिय संक्रमितको ६ हजार ३३० संख्या रहेको छ ।

प्रदेश १ मा ४२५ , प्रदेश २ मा २ हजार ८३९ , वागमती प्रदेशमा ९४३ , गण्डकी प्रदेशमा २७६ , प्रदेश ५ मा २७६ , कर्णलाी प्रदेशमा २३१ र सुदूरपश्‍चिममा एक हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार नेपालमा थप ४२५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका १० हजार २०७ जना क्‍वारेन्टिनमा रहेका छन् ।


  •  
  •  
  •