रामग्राम नगरपालिका सिल

78
  •  
  •  
  •  

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका सिल गरिएको छ । नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नम्बर –१८ का एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्म नगरपालिका सिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताएका छन् ।


  •  
  •  
  •