नेपालमा थप ४ सय १४ जनामा कोरोना संक्रमण, ३ सय ५८ जना संक्रमणमुक्त

87
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । ७१.१ प्रतिशत निको भएका छन् ।

यसअघि आइतबार नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका थिए भने १ सय ११ जना डिस्चार्ज भएका थिए । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।


  •  
  •  
  •