काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण

82
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

नयाँ संक्रमितमा काठमाडौंमा २२ जना, ललितपुरमा आठ जना र भक्तपुरका एक जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरमा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौका दुई जना र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको छ ।


  •  
  •  
  •