पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोना संक्रमित थपिए, १ सय ११ जना डिस्चार्ज

68
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । यस्तै आइतबार थप १ सय ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्र्चाज हुनेको १४ हजार ६ सय ३ पुगेको छ । निको हुनेको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

साउन १० गतेदिन १३ गतेसम्म काठमाडौंका नाकाबाट १० हजार ८ सय २७ जनाको नमुना परीक्षण गरिएको छ । उनीहरुको विभिन्न प्रयोगशालामा परीक्षण भइरहेको छ । कोरोनाका सक्रिय संक्रमित संख्या आइतबार पाँच हजार ६७२ जना रहेको डा.गौतमले बताए ।

पछिल्लो २४ घण्टामा आठ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

यसअघि शनिबार नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •