पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा एक जनामा पनि देखिएन कोरोना

52
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन् । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हालसम्म जम्म १९३९ जना कोरोना संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमित डिस्चार्ज भएका छैनन् ।

कर्णाली प्रदेशमा हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ सय २२ रहेको छ । हाल मृत्यु हुनेको संख्या ६ रहेको छ । २ सय ११ जना सक्रिय विरामी रहेका छन् ।


  •  
  •  
  •