नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

54
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरे । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

फाइल तस्बिर

मन्त्रालयका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको शुक्रबार बिहान ९ मृत्यु भएको हो । उनी गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार मृत्यु भएको हो ।

वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । योसंगै वीरगन्जमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।
यसअघि बिहीबार थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३८ जनासहित २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।


  •  
  •  
  •