थप २ सय २४ जनामा कोरोना संक्रमण, एक सय ५१ जना डिस्चार्ज

83
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । हाल नेपालमा पाँच हजार ३१६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना निको भएर घर फर्किएका छन् ।
योसँगै निको हुने संक्रमितको संख्या १४ हजार ३९९ जना पुगेको छ । जुन ७२ दशमलब ८ प्रतिशत हो ।

यसअघि बिहीबार नेपालमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  हालसम्म ३ लाख ७५ हजार ४१६ जनाको पीसीआर परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ ।

नेपालमा हाल १२ हजार १११ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ३१६ जना आइसोलेसनमा रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here