कोभिड-१९(अपडेट): विश्वभर संक्रमितको संख्या १ करोड ७३ लाख नाघ्यो, ६ लाख ७३ हजार बढीको मृत्यु

१ करोड बढी संक्रमणमुक्त
63
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७३ लाख ८ हजार ४३४ पुगेकाे छ ।

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ६ लाख ७३ हजार ४ सय ३१ पुगेको छ । विश्वभर १ करोड १ लाख ४६ हजार ६ सय ३० जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ४४ लाख ९४ हजार ६ सय १ जना पुगेको छ । १ लाख ५२ हजार ५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १४ लाख १४ हजार १५५ जना उपचारपछि निको भएका छन् ।  संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ २६ लाख, १० हजार १०२ जना संक्रमित भएका छन् । त्यसमध्ये ९१ हजार २६३ को मृत्यु भएको छ । १९ लाख ५६ हजार ८०७ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ३ सय २१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ७ सय ४३ पुगेको छ । १० लाख ५७ हजार ११ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ३८ हजार ४६१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १३ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । ६ लाख ३७ हजार २१७ जना उपचारपछि निको भएका छन् ।

साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ । साउथ अफ्रिकामा ४ लाख ८२ हजार १६९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ७ हजार ८ सय १२ जनाको मृत्यु भएको छ । ३ लाख ९ हजार ६०१ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here