प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७२ पुग्यो

66
  •  
  •  
  •  

काठमाडौं । प्रहरी प्रधान कार्यालय (मुख्यालय) नक्सालमा कार्यरत थप २८ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलन परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् । प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमा एक जना सई, तीन जना असई, १७ जना हवल्दार, ४९ जना प्रहरी जवान र २ जना कार्यालय सहयोगी छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।

उपत्यकाबाहिर १ सय ६९ जना प्रहरीमा कोरोना

काठमाडौं उपत्यकाबाहिर १ सय ६९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०१ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७२, उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ४०, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here