गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ सय ८५ पुग्यो

164
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ १, म्याग्दी २, कास्की ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १४८५ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२४३ पुगेको छ ।


  •  
  •  
  •