गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण

183
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा स्याङ्जा, बागलुङ, तनहुँका १/१ जना र म्याग्दीका २ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४३५ पुगेको छ ।


  •  
  •  
  •