जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतसहित चार जनामा कोरोना संक्रमण

326
  •  
  •  
  •  

काठमाडौं । वीरगन्‍ज महानगरपालिका ३२ स्थित जगदम्बा इन्टरप्राइजेजका चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतसहित चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टिभएसँगै कम्पनी सिल गरिएको छ । चार जनामध्ये कम्पनीमा कार्यरत एक भारतीय नागरिक रहेको बताइएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोना संक्रमण पुष्टि भएका चार जनालाई अस्पतालमा राखिएको र उद्योगमा कार्यरत दुई सय कर्मचारीको पीसीआर परीक्षण नगर्दासम्म उद्योगभित्रै राखिएको छ ।


  •  
  •  
  •