३ हजार ७ सय ४९ संक्रमित थपिँदा ५ हजार २ सय ९३ जना निको

53
  •  
  •  
  •  


काठमाडौं । नेपालमा ३ हजार ७ सय ४९ संक्रमित थपिँदा ५ हजार २ सय ९३ जना निको भएका छन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५९ जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।


  •  
  •  
  •