भारतमा कोभिड–१९ः सक्रिय संक्रमितको संख्या १२ लाख नाघ्यो

70
  •  
  •  
  •  

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६८ हजार ९१२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै कूल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ पुगेको छ।

संक्रमण बढेसँगै भारतका कयौं राज्यले विभिन्न शहरहरुमा लकडाउन लागू गरेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोभिड १९ संक्रमण कारण १ लाख ७० हजार १७९ जनाको मृत्यु भइसकेको छ।

हाल भारतमा १२ लाख १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

 


  •  
  •  
  •