काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण

161
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुईजनामा संक्रमित देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका तीनजनामा र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंकै ३ जनामा संक्रमण देखिएको गौतमले बताए ।

यसअघि शनिबार काठमाडौं उपत्यकामा थप १० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।

नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार ५४४० सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।


  •  
  •  
  •