मोडेर्नाको खोप कोरोना भाइरसको नयाँ स्वरुपमा पनि प्रभावकारी

72
  •  
  •  
  •  


एजेन्सी । अमेरिकी कम्पनी मोदेर्नाले उत्पादन गरेको खोप कोरोना भाइरसको रुपान्तरित नयाँ स्वरुपमा पनि प्रभावकारी हुने पाइएको छ।

पहिलोपटक बेलायत तथा दक्षिण अफ्रिकामा देखिएर विश्वका विभिन्न क्षेत्रमा फैलिइसकेको परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसविरुद्ध मोदेर्नाको खोपले काम गर्ने देखिएको हो। खोपले उत्पादन गर्ने एन्टीबडीले कोरोनाको नयाँ स्वरुपसँग पनि लड्ने क्षमता विकास भएको प्रयोगशालामा भएको प्रारम्भिक परीक्षणमा देखिएको हो।

यसलाई थप पुष्टि गर्नका लागि बिस्तारित अनुसन्धानको खाँचो रहेको वैज्ञानिकले बताएका छन्। कोरोनाको नयाँ प्रकार विश्वका विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको छ। अहिले महामारीको रुप लिएको कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हो। नयाँ प्रकारको भाइरस साबिकको भन्दा ७० प्रतिशत बढि संक्रामक रहेको विज्ञले बताएका छन्।
यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन्। तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छ, गर्दैन भन्ने थाहा हुन बाँकी छ।


  •  
  •  
  •