४५५१ पीसीआर परीक्षणमा ५२२ जनामा कोरोना संक्रमण (कहाँ, कति संक्रमित)

359
  •  
  •  
  •  


काठमाडौं । नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ । मंगलबार ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।


  •  
  •  
  •