कोभिड-१९(अपडेट): संक्रमितमध्ये ५ करोड ५० लाख संक्रमणमुक्त

539
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ८ करोड ५० लाख २८ हजार ८५०  मध्ये ६ करोड १ लाख ५० हजार ९५७ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख ४४ हजार ७१० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ३० लाख ३३ हजार १८३ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित २ करोड ९ लाख  ४ हजार ७०१ जना पुगेको छ । ३ लाख ५८ हजार ६८२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  २३ लाख ६१हजार  ३८७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८१ लाख ८४ हजार  ६३२ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको छ । ९९ लाख २७ हजार ३१० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ४७ हजार ८५० जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ७७ लाख १६ हजार  ४०५  जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९५ हजार ७४२ को मृत्यु भएको छ । ६७ लाख ६९ हजार ४२० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ५१ हजार २४३ जना रहेका छन्

रुसमा ३२ लाख ३६ हजार ७८७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५८ हजार ५०६ जनाको मृत्यु भएको छ । २६ लाख १८ हजार ८८२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५९ हजार ३९९ जना रहेका छन् ।

फ्रान्समा २६ लाख ४३ हजार २३९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६४ हजार ९२१ जनाको मृत्यु भएको छ । १ लाख ९५ हजार १७४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २३ लाख ८३ हजार १४४ जना रहेका छन् ।


  •  
  •  
  •