कोभिड-१९(अपडेट): संक्रमितको संख्या १ करोड ५५ लाख नाघ्यो, ६ लाख ३३ हजार बढीको मृत्यु

८८ लाख १४ हजार बढी उपचारपछि निको
208
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५५ लाख १२ हजार २ सय ८२ पुगेकाे छ ।

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ६ लाख ३३ हजार ४ सय २५ पुगेको छ । विश्वभर ८८ लाख १४ हजार ९ सय ७३ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ४० लाख ३८ हजार ८ सय ६४ जना पुगेको छ । १ लाख ४४ हजार ३ सय ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १२ लाख ३३ हजार २६९ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ २२ लाख, ८७ हजार ४ सय ७५ जना संक्रमित भएका छन् । त्यसमध्ये ८२ हजार ८२ को मृत्यु भएको छ । १६ लाख २० हजार ३ सय १३ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ८८ हजार १ सय ८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय १ पुगेको छ । ८ लाख १७ हजार २ सय ९ जना उपचारपछि निको भएका छन् ।

रुसमा ७ लाख ९३ हजार ७ सय २० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १२ हजार ८ सय ७३ जनाको मृत्यु भएको छ । ५ लाख ७९ हजार २ सय ९५ जना उपचारपछि निको भएका छन् ।

साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ । साउथ अफ्रिकामा ४ लाख ८ हजार ५२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६ हजार ९३ जनाको मृत्यु भएको छ । २ लाख २६ हजार २ सय ६० जना उपचारपछि निको भएका छन् ।

पेरुमा ३ लाख ७१ हजार ९६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १७ हजार ६ सय ५४  जनाको मृत्यु भएको छ । २ लाख ५५ हजार ९ सय ४५ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •