काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ८ करोड ३० लाख ९९ हजार ८०६ मध्ये ५ करोड ८८ लाख ९२ हजार ७७४ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख १२ हजार ६३५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ९४ हजार ३९७ जना रहेका छन् ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित २ करोड २ लाख १६ हजार ९९१ जना पुगेको छ । ३ लाख ५० हजार ७७८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड १९ लाख ९८ हजार ७९४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७८ लाख ६७ हजार ४१९ जना रहेका छन् ।
कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ७७४ पुगेको छ । ९८ लाख ६० हजार २८० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजार २२९ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ७६ लाख १९ हजार ९७० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९३ हजार ९४० को मृत्यु भएको छ । ६७ लाख ७ हजार ७८१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख १८ हजार २४९ जना रहेका छन् ।
रुसमा ३१ लाख ३१ हजार ५५० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५६ हजार ४२६ जनाको मृत्यु भएको छ । २५ लाख २५ हजार ४१८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ४९ हजार ७०६ जना रहेका छन् ।
फ्रान्समा २६ लाख ४९८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६४ हजार ३८१ जनाको मृत्यु भएको छ । १ लाख ९३ हजार ४५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २३ लाख ४३ हजार ७२ जना रहेका छन् ।