काठमाडौं । नेपालमा थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ।