पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना संक्रमण, २ सय ७ जना संक्रमणमुक्त

191
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले योसँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको बताए ।

यसअघि आइतबार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार १८६, मंगलबार १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा देशभर सक्रिय संक्रमितको पाँच हजार ३ रहेको ७० रहेको मन्त्रालयले जनाएको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

त्यसैगरी शून्य संक्रमित रहेका ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।

हालसम्म देशभर २८ वटा प्रयोगशालाहरुबाट सक्रिय रुपमा पीसीआर परीक्षण गरिएको छ । बुधबार थप २०७ जना कोरोना संक्रमितको उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ७७९ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ८४४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •