काठमाडौं । नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनामा गरिएको पीसीआर परीक्षणमा ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ।

काठमाडौं उपत्कामा मात्र २४ घण्टामा ३११ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २३५ ललितपुरमा ५५ र भक्तपुरमा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै सोमबार १ हजार ९७ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ। सोमबार थप ७९ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ।
हालसम्म देशभर ७ हजार ९७६ जना सक्रिय संक्रमितरहेका छन्। नेपालमा हालसम्म कुल १८ लाख ७७ हजार १८१ पीसीआर परीक्षण गरिएको छ ।