कोभिड-१९(अपडेट): विश्वभर ७ करोड ५२ लाख संक्रमित, ५ करोड २८ लाख संक्रमणमुक्त

538
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ७ करोड ५२ लाख ९९ हजार ६२९ मध्ये ५ करोड २८ लाख ६९ हजार ५६७ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख ६८ हजार ६९१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ७ लाख ६१ हजार ३७१ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ७६ लाख २७ हजार ७० जना पुगेको छ । ३ लाख १७ हजार ९२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड २ लाख ९१ हजार १२६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७० लाख १८ हजार १५  जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ७९ हजार ४४७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ८२७९ पुगेको छ । ९५ लाख २० हजार ८२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख १३ हजार ७९१ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ७१ लाख ११ हजार  ५२७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८४ हजार ८७६ को मृत्यु भएको छ । ६१ लाख ७७ हजार ७०२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ४८ हजार ९४९ जना रहेका छन् ।

रुसमा २७ लाख ६२ हजार ६६८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४९ हजार १५१ जनाको मृत्यु भएको छ । २२ लाख २ हजार ५४० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख १० हजार  ९७७ जना रहेका छन् ।

फ्रान्समा २४ लाख २७ हजार ३१६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५९ हजार  ६१९ जनाको मृत्यु भएको छ । १ लाख ८१ हजार ५०६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २१ लाख ८६ हजार १९१ जना रहेका छन् ।


  •  
  •  
  •