काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ७ करोड ४५ लाख ६० हजार ९६२ मध्ये ५ करोड २३ लाख ९५ हजार २७५ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख ५५ हजार ७५८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ५ हजार ९२९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ७३ लाख ९४ हजार ३१४ जना पुगेको छ । ३ लाख १४ हजार ६२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड १ लाख ७० हजार ७८८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ६९ लाख ८ हजार ८९७ जना रहेका छन् ।
कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ५१ हजार ७२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ४८७ पुगेको छ । ९४ लाख ८९ हजार १४३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख १७ हजार ४४२ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ७ लाख ४२ हजार ६९५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८३ हजार ८२२ को मृत्यु भएको छ । ६१ लाख ३२ हजार ६८३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख २६ हजार १९० जना रहेका छन् ।
रुसमा २७ लाख ३४ हजार ४५४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४८ हजार ५६४ जनाको मृत्यु भएको छ । २१ लाख ७६ हजार १०० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ९ हजार ७९० जना रहेका छन् ।
फ्रान्समा २४ लाख ९ हजार ६२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५९ हजार ३६१ जनाको मृत्यु भएको छ । १ लाख ८० हजार ३११ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २१ लाख ६९ हजार ३९० जना रहेका छन् ।