काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित थपिँदा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको छ। नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९५५ जना सक्रिय संक्रमित छन्। कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।