नेपालमा थप १२७२ कोरोना संक्रमित थपिँदा १५७५ जना डिस्चार्ज

78
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमितको हुनेको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ।

हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १५४४७ रहेको छ। आज १५७५ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ। हाल क्वारेन्टिनमा ५३७ जना रहेका छन्।

शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ६७ पुगेको छ।


  •  
  •  
  •