कोरोनासँग लड्ने शक्ति कसरी बढाउने ?

164
  •  
  •  
  •  

कोरोनाबाट संक्रमितहरुमध्ये ८० प्रतिशतलाई कुनै लक्षण नै नदेखिन सक्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ ।

डा. अरुणा उप्रेती

संक्रमितमध्ये कसै–कसैलाई सामान्य रुघाखोकी, ज्वरो आदि हुन सक्छ । घरमा आराम गरेर पर्याप्त झोल पदार्थ खाइयो भने केही सामान्य औषधि प्रयोग गरेर संक्रमणबाट मुक्ति पाउन सकिन्छ ।

अहिले विश्वमा कोरोनाको उपचारको लागि विभिन्न औषधिहरूको अनुसन्धान भइरहेको छ । तर हाम्रा परम्परागत औषधिको बारेमा खास अनुसन्धान भएको छैन । नेपालमा पनि केही प्रहरीहरूले

कोरोनाको संक्रमण भएपछि अदुवा र गुर्जोको प्रयोग गरेर, मानसिक रुपमा बलियो रहेर, योगासनलगायतका उपचार गरेर कोरोनाको संक्रमणबाट निको भए भन्ने समाचार केही दिनअघि गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो ।

त्यसै गरी भारतस्थित लखनौको लोकबन्धु अस्पतालमा आयुर्वेदका विशेषज्ञ डा। अदिल रइस र उनको समूहले कोरोना संक्रमण भएका २५ जनालाई यस्तै खालको उपचार गरेको थियो । उनीहरुलाई जडीबुटीको रस बिहान–बेलुका ५० मिलिलिटर दिइएको थियो । उनीहरुलाई नियमित योग गर्न लगाएर अदुवा, गुर्जोको काँढा दिइएको थियो । साथै रोगसँग लड्ने शक्ति बढोस् भनेर संक्रमितलाई सहजै पच्ने खानेकुरा दिइएको थियो ।

कोरोना पोजेटिभ भएका ती व्यक्तिहरुलाई ७ दिनसम्म यस्तो उपचार गरेपछि जाँच गर्दा उनीहरूको शरीरमा कोरोना नरहेको पाइयो । उपचार सफल भयो तर यसका बारेमा अन्य थुप्रै अनुसन्धान हुन त बाँकी नै छ । जे होस्, कोरोनाको संक्रमणबाट जटिलता नहोस् भनेर यो प्रयोग गर्न सकिन्छ भन्ने जानकारी भयो (नवभारत टाइम, २०२०, ४ जुन) ।

आधुनिक औषधिहरूले कोरोना संक्रमणबाट हुने जटिलता र असमयमा हुने मृत्युबाट बचाउन सहयोग गर्ने पक्का हो । तर हाम्रा वरिपरि रहेका र बिर्सिएका बीउ एवं वनस्पतिले चाहिँ मानवशरीरको रोग–प्रतिरोधात्मक शक्ति बढाएर कोरोना मात्र होइन अन्य विभिन्न संक्रमणबाट बच्न केही सहयोग गर्न सक्छन् भन्ने ज्ञान आयुर्वेदले दिन्छ । उदाहरणको लागि क्षयरोगका कीटाणुले पनि रोग–प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, महिला, पुरुषलाई आक्रमण गर्छ र क्षयरोगी बनाउँछ । क्षयरोगको उपचार गर्दा औषधिको साथसाथै पोषणयुक्त खाना, सफा हावा, घाम आदिको पनि ठूलो महत्व हुन्छ । त्यसै गरी कोरोनाको संक्रमण भइहाले पनि उपरोक्त तथ्यलाई ध्यानमा राख्नै पर्छ ।

म आफैंलाई ३८ वर्षअघि विद्यार्थी अवस्थामा क्षयरोग लागेको थियो । त्यो बेलामा म तत्कालीन सोभियत संघमा पढ्थें । झन्डै एक वर्ष अस्पतालमै बसेर उपचार गर्नुपरेको थियो । औषधिको साथै अस्पतालमा नै दिनमा ४ चोटि भोजन दिइन्थ्यो । डाक्टर र नर्सले मलाई भन्ने गर्थे, ‘औषधिजत्तिकै तिमीले यहाँ दिएको खाना खान जरुरी छ । तिम्रो शरीरमा रोगसँग लड्ने शक्ति कम भएकोले नै तिमी बिरामी परेकी हौ ।’ अस्पतालबाट ठीक भएर निस्कँदा मेरो तौल ५ किलो बढेको थियो । त्यसपछि मैले आफ्नो स्वास्थ्य र भोजनमा बढी ध्या स्थानीय जडीबुटी र मसलाहरूको प्रयोग गर्दा कोरोनाको संक्रमण हुँदै नहुनेचाहिँ होइन तर संक्रमण भइहाल्यो भने त्यसको जटिलता कम हुन सक्छ । न दिन शुरु गरें ।

अहिले कोरोना संक्रमित भइन्छ कि भनेर तर्सनुभन्दा आफ्ना बालबालिका र घरपरिवारको विभिन्न रोगसँग लड्ने शक्ति कसरी बढाउने भनेर विचार गर्नुपर्छ ।

 


  •  
  •  
  •