नेपालमा १२५५ जना कोरोना संक्रमित थपिँदा १४०४ जना संक्रमणमुक्त

86
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २३१९७८ जना पुगेको छ।
मन्त्रालयका अनुसार आज १४०४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना निको हुनेको संख्या २१२२५९० पुगेको छ। त्यस्तै हाल १७९०९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छ्ने्।

हाल ६३२ जना क्वारेन्टिनमा रहेका छन्। आजको पीसीआर ८००८ रहेको छ। यससँगै हालसम्म १७२७८३६ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ। हाल ३६१ जनाको आईसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै कोरोना भाइरसबाट नेपालमा थप २५ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुगेको छ।


  •  
  •  
  •