कोभिड-१९(अपडेट): विश्वभर ६ करोड २६ लाख संक्रमितमध्ये ४ करोड ३२ लाख संक्रमणमुक्त

88
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ६ करोड २६ लाख १८ हजार ६९१ मध्ये ४ करोड ३२ लाख २५ हजार ९४ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख ५८ हजार  ९४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख ३४ हजार ६५३ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ३६ लाख १० हजार ३५७ जना पुगेको छ । २ लाख ७२ हजार २५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ८० लाख ४१ हजार २३९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५२ लाख ९६ हजार  ८६४ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९३ हजार ३९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार ७३३ पुगेको छ । ८८ लाख २ हजार २६७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५४ हजार ३९ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६२ लाख  ९० हजार २७२ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७२ हजार  ६३७ को मृत्यु भएको छ । ५५ लाख ६२ हजार ५३९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५५ हजार ९६ जना रहेका छन् ।

रुसमा २२ लाख ६९ हजार ३१६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३९ हजार ५२७ जनाको मृत्यु भएको छ । १७ लाख ६१ हजार ४५७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६८  हजार  ३३२ जना रहेका छन् ।

फ्रान्समा २२ लाख ८ हजार ६९९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५२ हजार १२७ जनाको मृत्यु भएको छ । १ लाख ६१ हजार १३७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख ९५ हजार ४३५ जना रहेका छन् ।


  •  
  •  
  •