काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४८५, भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।