नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण, ५१५ जना संक्रमणमुक्त

69
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै शनिबार थप ५१५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या २१११८६ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ ।

पछिल्लो २४ घण्टामा १९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।

मन्त्रालयका अनुसार १८ हजार ८३ जना आइसोलेसनमा रहेका छन् । ६१८ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १७ लाख १९ हजार ८२८ पीसीआर परीक्षण गरिएको छ ।


  •  
  •  
  •