नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण, १२३६ जना डिस्चार्ज

75
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या देशभर २२९३४३ पुगको छ। मन्त्रालयका अनुसार हाल देशभर १७२३७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। शुक्रबार थप १२३६ जना निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या २१०६७१ पुगेको मन्त्रालयले जनाएको छ।

हाल क्वारेन्टिनमा ६०१ जना  रहेका छन् । आज देशभर १०४६० वटा नमूना पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म मुलकमा १७१०४६० वटा नमूनाको पीसीआर परीक्षण भएको छ।

यसैबीच शुक्रबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।


  •  
  •  
  •