नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ डिस्चार्ज, मृतकको संख्या १४१२ पुग्यो

67
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १६१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२७६४० जना पुगेको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १६७९३ रहेको छ।

पछिल्लो २४ घण्टामा ९४९१ वटा नमूना पीसीआर परीक्षण गरिएको छ । यससँगै हालसम्म मुलुकमा कुल १७ लाख वटा नमूना पीसीआर परीक्षण गरिएको छ।
आज थप १४३७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २०९४३५ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ६८० जना रहेका छन्।
यसैबीच कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४१२ पुगेको छ।


  •  
  •  
  •