कोभिड-१९(अपडेट): संक्रमितको संख्या ६ करोड १ लाख पुग्याे, ४ करोड १६ लाख संक्रमणमुक्त

88
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ६ करोड १ लाख ८६ हजार ३७७ मध्ये ४ करोड १६ लाख ४२ हजार ४४० जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार  ८३६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ७१ लाख २७ हजार १०१ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड २९ लाख ५६ हजार ७८३ जना पुगेको छ । २ लाख ६५ हजार ९५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७६ लाख ३९ हजार ८४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५० लाख ५१ हजार ७४३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख २२ हजार २१६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ७४३ पुगेको छ । ८६ लाख ४२ हजार ७७१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४४ हजार ७०२ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६१ लाख  २१ हजार ४४९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७० हजार  १७९ को मृत्यु भएको छ । ५४ लाख ७६ हजार १८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७५ हजार २५२ जना रहेका छन् ।

 रुसमा २१ लाख ६२ हजार ५०३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३७ हजार ५३८ जनाको मृत्यु भएको छ । १६ लाख ६० हजार ४१९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६४ हजार ५४६ जना रहेका छन् ।

फ्रान्समा २१ लाख ५३ हजार ८१५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५० हजार २३७ जनाको मृत्यु भएको छ । १ लाख ५४ हजार ६७९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ४८ हजार ८९९ जना रहेका छन् ।


  •  
  •  
  •