नेपालमा थप २७९१ संक्रमित निको, १७९० संक्रमित थपिए (हेर्नुहोस् कहाँ, कति संक्रमित)

67
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।

सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २०४८५८ पुगेको मन्त्रालयको दाबी छ।
यस्तै आज १०८४३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६८१२९९ वटा नमूना पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।


  •  
  •  
  •