काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ५ करोड ९५ लाख ६२ हजार ७१३ मध्ये ४ करोड ११ लाख ९७ हजार ४९९ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख २ हजार ९३४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६९ लाख ६२ हजार २८० जना रहेका छन् ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड २७ लाख ७७ हजार ३७१ जना पुगेको छ । २ लाख ६३ हजार ६८७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७५ लाख ४९ हजार १४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४९ लाख ६४ हजार ६७० जना रहेका छन् ।
कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ७७ हजार ८४० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५४ पुगेको छ । ८६ लाख ४ हजार ९५५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३८ हजार ६३१ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६० लाख ८८ हजार ४ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६९ हजार ५४१ को मृत्यु भएको छ । ५४ लाख ४५ हजार ९५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७३ हजार ३६८ जना रहेका छन् ।
फ्रान्समा २१ लाख ४४ हजार ६६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४९ हजार २३२ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ५९२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख ४२ हजार ८३६ जना रहेका छन् ।
रुसमा २१ लाख ३८ हजार ८२८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३७ हजार ३१ जनाको मृत्यु भएको छ । १६ लाख ३४ हजार ६७१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६७ हजार १२६ जना रहेका छन् ।