नेपालमा थप १९८० कोरोना संक्रमित थपिँदा ३०४३ जना निको(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

73
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ। सोमबार थप ३०४३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २०२०६७ पुगेको छ ।

आज १०३८२ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६७०४५६ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।

यससँगै हाल मुलुकमा १८८८४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। क्वारेन्टिनमा भने ६२९ जना रहेका छन्। यस्तै कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ।

हेर्नुहोस् कहाँ, कति संक्रमित ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ४, ओखलढुङ्गाका २, खोटाङमा ३, झापामा १०६, ताप्लेजुङमा ११, तेह्रथुममा १, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३७, संखुवासभामा १२, सुनसरीमा ५०, सोलुखुम्बुमा ६, धनुषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा १२, सर्लाहीमा ३, सिरहामा ४, काठमाडौँमा ७७९, काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६, भक्तपुरमा ८५, मकवानपुरमा ५४, रसुवाका ६, रामेछापमा ३, ललितपुरमा १४३ र सिन्धुपाल्चोकमा १३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा ३, कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासीपूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, वागलुङमा १६, स्याङ्जामा ८, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा ५१, नवलपरासीमा ९, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा ५, बाँकेमा १५, रुपन्देहीमा ४७, कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६, सुर्खेतमा ५, अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २६, डढेलधुरामा ७, डोटीमा ३, बझाङमा १ र बैतडीमा २ जना कोरोना पुष्टि भएको छ।


  •  
  •  
  •