कोभिड-१९(अपडेट): विश्वभर सक्रिय संक्रमितकाे संख्या १ करोड ६८ लाख पुग्याे

98
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ५ करोड ९० लाख २ हजार १५७ मध्ये ४ करोड ७ लाख ७६ हजार ६५८ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ९४ हजार  ५११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख ४५ हजार ८०७ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड २५ लाख ८९ हजार ०८८ जना पुगेको छ । २ लाख ६२ हजार ७०१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७४ लाख ५२ हजार ६१६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४८ लाख ७३ हजार ७७१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७७३ पुगेको छ । ८५ लाख ६२ हजार ६४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४३ हजार ८९८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६० लाख  ७१ हजार ४०१ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६९ हजार  १९७ को मृत्यु भएको छ । ५४ लाख ३२ हजार ५०५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६९ हजार ६९९ जना रहेका छन् ।

फ्रान्समा २१ लाख ४० हजार २०८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४८ हजार ७३२ जनाको मृत्यु भएको छ । १ लाख ४९ हजार ५२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  ४१ हजार ९५५  जना रहेका छन् ।

रुसमा २१ लाख १४ हजार ५०२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३६ हजार ५४० जनाको मृत्यु भएको छ । १६ लाख ११ हजार ४४५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ६६ हजार ५१७ जना रहेका छन् ।

 

 


  •  
  •  
  •