कोभिड-१९(अपडेट): विश्वभर ४ करोड ५० लाख संक्रमणमुक्त

46
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ५ करोड ८५  लाख ३८ हजार ८७८ मध्ये ४ करोड ५० लाख ६ हजार ६२३ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ८७ हजार  २२२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ४५ हजार ३३ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड २४ लाख ५० हजार ६६६ जना पुगेको छ । २ लाख ६१ हजार ७९० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७४ लाख ३ हजार ८४७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४७ लाख ८५ हजार २९ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार९०८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ । ८५ लाख ३१ हजार ६१७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४१ हजार २८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ६० लाख ५२ हजार ७८६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६९ हजार १६ को मृत्यु भएको छ । ५४ लाख २९ हजार १५८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५४ हजार ६१२ जना रहेका छन् ।

फ्रान्समा २१ लाख २७ हजार ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४८ हजार ५१८ जनाको मृत्यु भएको छ । १ लाख ४९ हजार ५२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख  २९ हजार १२ जना रहेका छन् ।

रुसमा २० लाख ८९ हजार ३२९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३६ हजार १७९ जनाको मृत्यु भएको छ । १५ लाख ९५ हजार ४४३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५७ हजार ७०७ जना रहेका छन् ।

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here