एक पटक संक्रमित भएका व्यक्तिमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण नहुने

413
  •  
  •  
  •  

एजेन्सी । एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण नहुने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एकपटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिए ।

यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । जो सङ्क्रमित भइसकेका छन् । उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन ।

एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो । सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


  •  
  •  
  •