नेपालमा १६७४ कोरोना संक्रमित थपिए, २३२३ संक्रमणमुक्त

71
  •  
  •  
  •  

काठमाडौं । नेपालमा १ हजार ६७४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा १ लाख ९३ जहार ३२५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ।

 


  •  
  •  
  •