१९४५ कोरोना संक्रमित थपिँदा ५३६४ संक्रमणमुक्त(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

50
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ । सोही अवधीमा ५ हजार ३६४ संक्रमित निको भएका छन् ।  योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ ।

हेर्नुहोस् कहाँ, कति संक्रमित ?

 


  •  
  •  
  •