पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण, १ सय ७३ जना संक्रमणमुक्त

179
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको जानकारी गराए ।

नेपालमा देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यसैगरी शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार २१६ देशभरका प्रयोगशालामार्फत हजार जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभरका २२ हजार २२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •