कोभिड-१९(अपडेट): विश्वभर ५ करोड ७२ लाख संक्रमितमध्ये ३ करोड ९७ लाख संक्रमणमुक्त

70
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ५ करोड ७२  लाख ९२ हजार १७८ मध्ये ३ करोड ९७ लाख ७६ हजार ०१५ जना उपचारपछि निको भएका छन् ।वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ६६ हजार  ६०४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ६१लाख ४९ हजार ५५९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड २० लाख ७० हजार ७१२ जना पुगेको छ । २ लाख ५८ हजार ३३३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७२ लाख ४३ हजार ४८८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४५ लाख ६८ हजार ८९१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ६ हजार ७९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २२३ पुगेको छ । ८४ लाख २८ हजार ४०९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४५ हजार ४४७ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५९ लाख ८३ हजार ८९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६८ हजार १४१को मृत्यु भएको छ । ५४ लाख ७ हजार ४९८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७ हजार ४५० जना रहेका छन् ।

फ्रान्समा २० लाख ८६ हजार २८८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार १२७ जनाको मृत्यु भएको छ । १ लाख ४७ हजार ५६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १८ लाख  ९१ हजार ५९२ जना रहेका छन् ।

रुसमा २० लाख ३९ हजार ९२६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३५ हजार ३११ जनाको मृत्यु भएको छ । १५ लाख ५१ हजार ४१४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५३ हजार २०१ जना रहेका छन् ।


  •  
  •  
  •